जुम्ला । जुम्ला अस्पतालमा अनशनरत डा गोविन्द केसीलाई काठमाडौं ल्याउन बल प्रयोग गर्ने क्रममा प्रहरीको गोली लागि घाइते भएका प्रहरी कमल उपाध्यायको निधन भएको जुम्ला प्रहरी प्रमुख तपन दाहलले जानकारी दिएका छन् ।

विहिवार गोविन्द केसीलाई काठमाडौं ल्याउन प्रहरी र केसीका समर्थकविच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा झडप भएको थियो । झडपमा प्रहरीले गोली चलाउँदा सादा पोसाकमा रहेका प्रहरी जवान उपाध्यायको छात्तिमा गोली लागेको थियो । गोली लागि घाइते भएका उनको प्रतिष्ठानमा उपचार भइरहेकोमा मृत्यु भएको हो । यसअघि जुम्ला पैहरी प्रमसख दाहलले उपाध्यायको छात्तिमा सिसाको टुक्रा लागेको बताएका थिए ।

अहिले जिल्ला सदरमुकाम खलङ्गाबजारमा कर्फ्यू लगाएको छ ।

Comments

comments