जुम्ला । जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत डा गोविन्द केसीलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

कर्णाली अस्पताल प्रशासनमा सरकारी पक्ष र डा केसीपक्षधरबीच वार्ता भएको थियो । तर वार्ता सफल भएन ।

प्रशासनले केसीलाई बल प्रयोग गरेर भएपनि काठमाडौं लैजाने संकेत गरेपछि डा केसी सरकारी हेलिकप्टर चढेरै काठमाडौं जान तयार भएका हुन् ।

विहीवार मध्यान्ह समर्थकमाथि प्रहरीले बल प्रयोग गरेपछि डा केसी काठमाडौं जान तयार भएका थिए ।

डा केसीलाई उनका समर्थकले मला लगाएर बिदा गरेका छन् ।

यसअघि प्रहरी चलाएको गोली लागेर एक जनाको घाइते भएका प्रहरीको उपचार भइरहेको प्रहरीले जनाएको छ। अस्पताल स्रोतका अनुसार उनको शरिरबाट धेरै रगत बगेको छ। त्यहाँ पर्याप्त रगत नभएको रगत खोजीरहेको जनाइएको छ। प्रहरीको लाठीचार्जबाट दर्जनौं केसी समर्थक चिकित्सक, विद्यार्थी तथा स्थानीय बासिन्दा घाइते भएका छन्।

अहिले जुम्ला सदरमुकाम खलंगामा कर्फ्यू लगाइएको छ।

Comments