काठमाडौं । क्रिकेटर शक्ति गौचनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । काठमाडौंमा आज आयोजित कार्यक्रमकाबीच भेट्रान स्पिनर गौचनले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका हुन् ।

लर्ड्समा हुने एमसीसी र नेदरल्याण्डस् सम्मिलित त्रिकोणात्मक श्रृङ्खला र नेदरल्याण्डस् विरुद्धको एकदिवसीय सिरीजका लागि आयोजना भएको बिदाई कार्यक्रममा बोल्दै शक्तिले नेपालले खेल्ने पहिलो एकदिवसीय सिरीज करियरको अन्तिम श्रृखंला हुने बताए । नेपालले इङ्ल्याण्डकाे लर्डसमा जुलाई २९ मा नेदरल्याण्ड र मेरिलिबोन क्रिकेट क्लब (एमसिसी) संग त्रिकोणात्मक टी-ट्वान्टी सिरिज खेल्ने छ ।

१७ वर्षे क्रिकेट करियरमा शक्ति एउटा सशक्त खेलाडीका रुपमा रहदै आएका थिए । शक्तिको बिदाईलाई भब्य बनाउन घरेलु मैदानमा विशेष खेलको आयोजना गरिनेछ ।

सन् २००२ देखि अन्तर्राष्ट्रिय क्रिकेट सुरु गरेका शक्ति अन्तर्राष्ट्रिय क्रिकेटमा ह्याट्रिक लिने पहिलो खेलाडी पनि हुन । गौचन एक हजार रन पुरा गर्ने पहिलो नेपाली खेलाडी हुन् । अन्तराष्ट्रिय खेलमा शतक प्रहार गर्ने उनी नेपालका दोस्रो खेलाडी हुन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments