काठमाडौं । लोकप्रिय युवा क्रिकेटर सन्दिप लामिछानेले संगीत क्षेत्रमा समेत डेब्यू गरेका छन् ।

केहि समय अगाडि भारतको प्रख्यात दिल्ली डेयरडेभिल्स टिमबाट २०१८ आइपिएल ट्वान्टी २० मा उत्कृष्ट प्रर्दशन गरेका क्रिकेटर सन्दिप लामिछानेको स्वरमा रहेको पहिलो गीत उदास मेरो बुधवार औपचारिक रुपमा सार्वजनिक गरियो ।

काठमाडौंमा आयोजित एक समारोहकाबीच सन्दिपको आवाजमा रहेको उदास मेरो गीत भिडियोसहित सार्वजनिक गरिएको हो । उक्त गीतको संगीत कम्पोजिशन समेत सन्दिप आफैंले गरेका छन् । यस्तै शब्द रचना विनोद तिमिल्सिना र सनिस सुनुवार संगीत संयोजन रहेको छ ।

विमोचन कार्यक्रममा लामिछानेले आफूलाई खेलसंगै गीत संगीतमा सानैदेखि रुचि भएको कारण खेलबाट फुर्सद हुनासाथ गीत संगीतलाई पनि निरन्तरता दिने बताए । क्रिकेटर र गायनमा एक छोड्नु परे कुनलाई रोज्नु हुन्छ भन्ने सञ्चारकर्मिहरुको प्रश्नमा आफूले क्रिकेट नै रोज्ने सन्दिपको जवाफ थियो । लामिछानेले आइपिएल खेल्न जानु भन्दा २ दिन अगाडि उदास मेरो गीतको अडियो सार्बजनिक गरेका थिए । गीतको भिडियोमा श्रृष्टी खड्का र जीवन भटराईले अभिनय गरेका छन् । भिडियोलाई निशान घिमिरेले निर्देशन गरेका हुन् ।

कार्यक्रममा सन्दिपलाई उत्कृष्ट खेल प्रर्दशन गरी अन्तराष्ट्रिय जगतमा नेपाललाई चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा ५० हजार रुपैयाँ सहित सम्मान समेत गरिएको थियो ।

Comments

comments