काठमाडैं । भारतलाई ८ विकेटले हराउँदै इंग्ल्याण्डल तेस्रो एकदिवसी खेल जितेको छ ।

लीड्सको हेडिंग्ली मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले ८ विकेट गुमाउदै २ सय ५६ रन बनाएको थियो । २ सय ५७ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्याण्डले ४४ ओभर ३ बलमा मात्र दुई विकेटको क्षतिमा जित हात पा¥यो ।

भारतका लागि कप्तान विराट कोहलीले ७१ तथा महेन्द्रसिंह धोनीले ४२ रनको योगदान दिए । भारतका लागि रोहित शर्मा र शिखर धवन जम्न सकेनन् ।

इंग्ल्याण्डका लागि डेभिड विली तथा आदिल राशिदले उत्कृष्ट बलिङ गरे । विलीले ४० रन खर्चिएर ३ विकेट लिए भने राशिदले ४९ रन खर्चिँदै ३ विकेट नै लिए ।

२ सय ५७ रनको विजयी लक्ष्यसहित जवाफी ब्याङिमा उत्रिएको इंग्ल्याण्डले शानदार ब्याटिङ गर्यो । इंग्ल्याण्डका लागि जो रुटले १ सय २० बलमा १० चौकासहित शतक प्रहार गरे । त्यस्तै कप्तान इयोन मोर्गनले १ सय ८ बलमा नौ चौका र एक छक्काको सहयोगले ८८ रन बनाए ।

भारतीय क्रिकेट टिमले अहिलेसम्म लगातार नौ वटा द्विपक्षीय श्रृखला जितेको थियो । तर इंग्ल्याण्डस‘गको यो पराजयले भने भारतको जितको श्रृखला रोकिएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments