तपाईको ब्लड गु्रपले तपाईको स्वास्थमा ठूलो भूमिका खेल्दछ । हामीले खाने पिउने सबै कुराहरुले हाम्रो स्वास्थमा सकारात्मक र नकारात्मक प्रभाव पारिरहेको हुन्छ । स्वास्थ क्षेत्रमा कुन ब्लड गु्रपको व्यक्तिले कस्तो आहार खान सकिन्छ,कस्तो भिटामिन,मिनरल्स आवश्यक हुन्छ ? भनेर बिभिन्न शोध अध्ययन समेत गरिएका छन् ।

प्रस्तुत छ ब्लड ग्रुप अनुसार चिया कस्तो पिउने भन्ने बारे शोधहरुबाट प्राप्त केही तथ्य :

प्राय व्यक्तिको दिनको शरुवात चिया पिएर हुने गर्दछ । चियाले शरीरमा स्फुर्ति मात्र दिने होइन,सही मात्रामा पिउनाले कयौं रोगहरुबाट समेत बचाउँछ । तर चिया पिउदा आफ्नो ब्लड ग्रुपलाई सुहाउने पिउनुपर्ने शोध अध्ययनले देखाएको छ ।

ब्लड ग्रुप ‘ओ’

ब्लड ग्रुप ओ भएका ब्यक्तिहरुको प्राय पेटमा समस्या भईरहने र तनाव पनि धेरै हुने शोध अध्ययनले देखाएको छ । तसर्थ ब्लड ग्रुप ओ हुने ब्यक्तिहरुले दूध चिया नपिउन चिकित्सकहरु सल्लाह दिन्छन् । ब्लड ग्रुप ओ हुनेले अदुवा चिया र ग्रिन टी पिउन लाभदायक मानिन्छ ।

ब्लड ग्रुप ‘ए’

शोधका अनुसार ब्लड ग्रुप ए हुने ब्यक्तिहरुले बढि चिन्ता लिने पाइएको छ । यस ब्लड ग्रुप हुने व्यक्तिले ज्वानो र जस्मिन जस्ता बास्नादार चियाहरु पिउदा फाइदा पुग्दछ ।

ब्लड ग्रुप ‘बि’

सामन्यतय ए ब्लड ग्रुप भएका ब्यक्तिहरु सौखिन,सुस्त र ढिलो स्वभावका हुने शोधकर्ताहरु बताउछन् । तसर्थ उनीहरुको तौल बढ्ने, पाचन प्रकृयामा खराबी हुने हँुदा ग्रीन टि,लेमन टी,तेजपत्ताको चिया पिउनु लाभदायक मानिन्छ ।

ब्लड ग्रुप ‘एबि

ब्लड ग्रुप एबि हुने ब्यक्तिहरु बढि निन्द्रा लाग्ने,धेरै सोच्ने,कल्पनाशील हुने शोधकर्ताको अध्ययनले देखाएको छ । तसर्थ यो ब्लड ग्रुप भएका ब्यक्तिहरुले कफि पिउन लाभदायक मनिएको छैन । हर्बल र ग्रीन टी पिउनु एबि ब्लड ग्रुपका ब्यक्तिहरुलाई फाइदाजनक रहेको चिकित्सकहरु बताउछन् ।
चियाका शौखिनहरुले ध्यान दिनु पर्ने कुराहरु :

तपाई चियाको शौखिन हुनुहुन्छ भने केही कुराहरु जानिराख्नु आवश्यक छ । चियाले तपाईलाई फुर्तिलो बनाउछ । त्यसैले दिनभरिमा धेरै कप चिया तपाइले पिउनु हुन्छ । तर धेरै चिया पिउदा स्वास्थमा असर गर्ने बिषयमा सचेत हुन आवश्यक छ । दिनमा २,३ कप भन्दा बढि चिया पिउनु स्वास्थको लागि हानीकारक मानिएको छ । चियामा दूध र चिनीको मात्रा कम गर्न सके फाइदाजनक मानिएको छ । कफीमा कैफिनको मात्रा बढि हुने हुनाले स्वास्थजनक मानिदैन ।

–एजेन्सीको सहयोगमा

Comments

comments