काठमाडौं ।  आधुनिक खानपानको शैलीले विभिन्न रोग निम्त्याइरहेको छ ।  जसमध्ये कोलेस्ट्रोल बढ्नु पनि एक हो । कोलेस्ट्रोल बढेपछि व्यक्तिको रक्तचाप उच्च हुन्छ र जीवनमा जोखिममा जान्छ । घरमै केही खानेकुराको मद्दतले कोलेस्ट्रोललाई कम गर्न सकिन्छ ।

लसुनले कोलेस्ट्रोललाई कम गरिदिन्छ । लसुनले उच्च रक्तचापको लागि औषधिको पनि काम गर्छ । त्यसैले बिहानमा लसुन र पानी खानुपर्छ । ओट्समा फाइबरको मात्रा अत्यधिक हुन्छ । त्यसैले कोलेस्ट्रोल बढेका व्यक्तिहरुको लागि ओट्स उपयुक्त खानेकुरा हो । बदाम नियमित खानाले पनि कोलेस्ट्रोल कम गर्न सकिन्छ । बदाम संगै ओखर पनि कोलेस्ट्रोल बिरामीहरुका लागि औषधी सिद्ध हुन्छ । बदाम र ओखरले रक्तचापलाई कम गरिदिन्छ ।

उच्च रक्तचाप र कोलेस्ट्रोल भएका व्यक्तिले हरियो सागपात गर्नुपर्छ । सागपातमा पनि विशेष गरि पालक खानाले कोलेस्ट्रोल घट्छ । त्यस्तै, कोलेस्ट्रोलको लागि सोयाबिन र ओलिभ तेल राम्रो मानिन्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments