काठमाडौं । नेवारी खाजा नेवार जातीमा मात्र नभएर अहिले सबै जातीमा प्रिय बनेको छ। रेष्टुरेन्टको मेनुमा समेत नेवारी खाजा पाउन सकिन्छ। नेवारी खाजा ‘समयबजी’ विशेष गरि इन्द्रजात्राको दिनमा बनाइने विशेष परिकार हो  । तर, यसलाई हरेक जसो भोजमा बनाउने र सबैलाई बाँड्ने चलन बढिरहेको छ ।

यसपरिकारलाई विभिन्न अर्थ राखेर तयार गरिएको हुन्छ , जस्तै : राम्रो भाग्यको लागि, स्वास्थ्यको लागि, लामो आयूको लागि र प्रगतीको लागि । यस परिकारमा विभिन्न परिकारहरु एक ठाउँमा तयार गरिन्छ, जस्तै : अचार, मासु, गेडागुडी, चिउरा आदि ।

सुरुमा गाँजर, आलु र केराउ मिलाएर अचार तयार गर्नुपर्छ । अचार बनाइसकेपछि उसिनेको आलुको परिकार तयार पार्नुपर्छ । अब रायोको सागको परिकार बनाउनुपर्छ । त्यसपछि गेडागुडी, माछा, मासुका परिकारहरु तयार गर्नुपर्छ । त्यसपछि सबै खानेकुरालाई चिउरा सहित सर्भ गर्नुपर्छ ।

पकाउने सम्पूर्ण विधिको लागि भिडियो हेर्नुहोस्

Comments

comments