काठमाडौं । रेखा फिल्मसको प्रस्तुतिमा निर्माण भएको चलचित्र मालिकाको पहिलो गीत रिलिज गरिएको छ ।

मंगलवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा चलचित्रको हल्का माया के माया बोलको गीत सार्बजनिक गरिएको हो । गीतमा नर कार्कीको शब्द,सुरेश अधिकारीको संगीत र अन्जु पन्तको स्वर रहेको छ भने रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् ।

हल्का मायामा गीतलाई जाजरकोट दरबार परिषरमा छायांकन गरिएको छ । भिडियोमा जाजरकोट दरबारलाई सिंगारेर निकै मनमोहक रुपमा छायांकन गरिएको छ । गीतमा अभिनेत्री रेखा थापा फिचरिङ छिन् । भिडियोमा सुदुर पश्चिमका मौलिक लोक नृत्य र भेषभूषालाई समावेश गरिएको छ । मौलिक नेपाली शैलीको नृत्य प्रस्तुत गर्दै गीतको भिडियोमा रेखाले प्राण भरिदिएकी छिन् ।

रेखा थापाको आफ्नै निर्माण र निर्देशिन रहेको चलचित्र मालिका नारी सशक्तिकरणका विषयमा आधारित रहेको थापाले बताइन् । उनले बिगतका आफना चलचित्रको अपूर्णता यस चलचित्रले पूरा गर्ने दाबी समेत गरिन् ।

चलचित्र मालिका आगामी तिहारको लक्ष्मीपूजाको दिन रिलिज हुने जानकारी पनि सोही अवसरमा दिइएको थियो ।

Comments

comments