काठमाडौं । नेपाली चलचित्र छक्का पन्जा र छक्का पन्जा २ ले दर्शकको अत्यधिक माया बटुलेपछि छक्का पन्जा ३ पनि दर्शकको माझ आउने तयारिमा छ । आगामी दशैंमा रिलिज हुने भनिएको छक्का पन्जा ३ को अन्तिम गीतको छायांकनको क्रममा कलाकारहरुले आफ्नो जीवनका रमाइला कुराहरु सम्झिएका छन् ।

जितु नेपाल काठमाडौं आउनको लागि कहिले बिरामी भएको बाहना बनाउथे त कहिले बिरामी हुनको लागि प्रार्थना गर्थे । छक्का पन्जाका अर्का कलाकार केदार घिमिरे अर्थात माग्ने बूढा तास खेल्ने बानीकै कारण नौं कक्षामा फेल भएका थिए । उनी यतिसम्म बदमास थिए की, दाइले आफूले गिज्याएको रिसमा दाइको थाल नै कुच्याइदिएका थिए ।

छक्का पन्जाको गीतमा मात्र देखिने भनिएकी अभिनेत्री वर्षा रावत सानो छँदा निकै झुट बोल्थीन् । उनी झुट बोल्नमा खप्पिस छिन् । त्यस्तै, उनले घरको पैसा पनि चोर्ने गर्थीन् । अर्की अभिनेत्री स्वस्तिमा खड्का स्कुल पढ्दा निकै बदमास थिइन् । स्कुलमा उनी बदमास विद्यार्थीको रुपमा नै परिचित थिइन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments