काठमाडौं । नेपाली लोकसंगीतमा ज्योती मगर र सम्झना बुढाथोकी चर्चित मोडलहरु हुन् । सम्झना बुढाथोकी एक पटक नेपाली लोकसंगीत क्षेत्रमा एकछत्र राज गरेकी मोडल हुन् भने ज्योती मगर गायन तथा मोडलिंगको लागि पनि लोकप्रिय छिन्। उनले लगाउने गरेको पहिरनलाई लिएर भने बेला-बेलामा विवाद निम्तिने गर्छ ।

धेरै समयपछि मिडियामा आउन थालेकी सम्झना बुढाथोकी ज्योती मगर संगै देखिएकी छिन् । रमाइलो स्वभावकी ज्योती र सम्झनाले अन्तर्वार्तामा लोक संगीत क्षेत्रका रमाइला कुराकानी गरेका छन् । ज्योतीले सामाजिक संजालमा छाइरहने तिर्सना बुढाथोकीको नक्कल गरेकी छिन् जसले सम्झनालाई आँशु झर्ने गरि हँसाएको छ । ज्योती र सम्झनाले कार्यक्रमको भाग नै अन्तर्गत विभिन्न कलाकारको नक्कल पनि गरेका छन् ।

तीजको सिजन आउंदै गर्दा मोडलहरु तीज म्युजिक भिडियोमा व्यस्त हुन थालेका छन् । यो वर्ष अझ छिटो तीजको व्यस्तताले छोएको ज्योती बताउँछिन् । सम्झना आफ्नो शरीरको तौल कम गर्न प्रयासरत छिन् भने आफ्नो बुटिक व्यवसायमा व्यस्त छिन् ।

Comments

comments