काठमाडौं । टेलिभिजनकर्मी तथा गायिका शोभा त्रिपाठीको नयाँ गीत सार्वजनिक भएको छ ।

गायिका त्रिपाठी र गायक खुमन अधिकारीको स्वर रहेको तिमी चाहिन्छ बोलको गीत सोमवार सामाजिक सञ्जाल युट्युव मार्फत रिलिज गरिएको हो ।

खुमन अधिकारीको शब्द तथा संगीत रहेको गीतको भिडियोमा महेन्द्र गौतमसँगै गायिका शोभा आफैंले मोडलिङ गरेकी छिन् । भिडियोको निर्देशन प्रकाश भट्टले गरेका हुन् ।

अहिले तीज गीतका नाममा उत्ताउला र विकृतिजन्य गीतहरु आइरहेको आम गुनासो विपरित गायिका शोभाले भने नेपाली समाजमा विद्यमान महिला र पुरुषबीचको सहअस्तित्वपूर्ण मूल्य र मान्यतालाई उजागार गर्ने गीत लिएर आएकी छिन् ।

Comments

comments