काठमाडौं । आधुनिक जीवनशैलीमा मोटोपन सबैजसोको समस्या हो । मोटोपन बढेपछि दुब्लाउनको लागि मानिसहरु भोकै बढ्ने समेत गर्छन् । तर दुब्लाउनको लागि भोकै बस्ने नभई डाइट मिलाएर खानुपर्छ । यहाँ हरेक दिन अपनाउनुपर्ने डाइट प्लानको चर्चा गरिएको छ ।

बिहान उठेपछि मनतातो पानीमा कागती र मह मिलाएर पिउनुहोस् ।

त्यो पिएको दुई घण्टा पछि चिनी कम राखिएको चिया र दुई पिस बिस्कुट खानुहोस् ।

त्यसपछि बिहानको नास्तामा तरकारीहरुलाई ओट्समा मिलाएर खानुहोस् । त्यो संगै एउटा स्याउ र एक गिलास दुध पनि खानुहोस् ।

त्यसको दुई घण्टा पछि फलफूल खानुहोस् ।

त्यसपछि बिहानको खाना खानुहोस् । बिहानको खानामा दुई रोटी, दाल वा तरकारी र दही खानुहोस् ।

खानाको आधा घण्टा पछि ग्रीन टि पिउनुहोस् ।

त्यसपछि दिउँसो कम चिनी राखेको चिया पिउनुहोस् ।

बेलुकाको खानामा तरकारीको सुप खानुहोस् ।

हरेक दिन ८ देखि १० गिलास पानी पिउनुहोस् ।

विस्तृत जानकारीको लागि भिडियो हेर्नुहोस् :

 

Comments

comments