काठमाडौं । नेपाली चलचित्रलाई माया गर्ने दर्शकहरुको लागि सुनिल थापा, हरिहर शर्मा र टीका पहारी परिचित अनुहारहरु हुन् । पूराना नेपाली चलचित्रका दर्शकहरुले उनीहरुलाई भिलेन र चरित्र अभिनेताको रुपमा चिन्छन् ।

कलाकार सुनिल थापा भने आफूले भिलेन, चरित्र अभिनेता वा पूराना कलाकार भन्दा खुशी हुँदैनन् । उनका अनुसार, उनीहरु कलाकारिताबाट अझै रिटायर्ड नभएका र अहिले सम्म सक्रिय रुपमा कलाकारिता क्षेत्रमा लागेको हुँदा उनीहरु पूराना कलाकार होइनन् ।

त्यस्तै, कलाकार सधै कलाकार नै हुन्छ । भिलेन वा चरित्र अभिनेता एउटा कलाकार निभाएको भूमिका मात्र भएकोले आफूहरु परिचय भिलेन वा चरित्र अभिनेता नभएर कलाकार मात्र भएको सुनिल थापा बताउँछन् ।

सुनिल थापा केही समय अगाडी बलिवुड चलचित्रमा समेत देखिएका थिए । उनले निभाएको भूमिका र उनको कलाकारिता क्षमताको बलिवुडमा समेत चर्चा भएको थियो । त्यसपछि उनी नेपाली चलचित्रमा नै निरन्तर लागिरहेका छन् र अभिनयको एकेडेमी समेत संचालन गरिरहेका छन् ।

सुनिल थापाका अनुसार, आफूलाई मन पर्ने र सुहाउँदो भूमिका आएमा उनी बलिवुड चलचित्रमा पनि अभिनय गर्नेछन् , तर सधै मूख्य लक्ष्य चाहिं नेपाली चलचित्र क्षेत्रलाई विश्वमा चिनाउने हुनेछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments