एजेन्सी । रसियामा भएको २१ औं फिफा विश्वकप फुटबल प्रतियोगिताको उपाधि फ्रान्सले जितेको छ । क्रोएसियालाई ४–२ गोल अन्तरले पराजित गर्दै फ्रान्सले उपाधि हात पारेको हो ।

फ्रान्सले यसअघि सन् १९९८ मा उपाधि जितेको थियो । २००६ मा भने फाइनलमा इटलीसँग पराजित भएको थियो ।

विश्वकपको उपाधि एक पटकभन्दा बढी जित्ने फ्रान्स छैटौं मुलुक बनेको छ । उपाधिसँगै फ्रान्सले ३ करोड ८० लाख डलर पुरस्कार पाएको छ भने उपविजेता बनेको क्रोएशियाले २ करोड ८० लाख डलर पुरस्कार पाएको छ ।

पहिलो हाफमै २–१ को अग्रता लिएको फ्रान्सले दोस्रो हाफमा थप २ गोल थप्यो । १८ औ मिनेटमा मारियो मान्डुज्कीको आतमघाति गोलमा फ्रान्सले खेलमा अग्रता लिएको थियो ।

इभान पेरिसिकले २९ औ मिनेटमा उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याए । ३८ औ मिनेटमा ग्रिजम्यानले पेनाल्टीमा गोल गर्दै फ्रान्सलाई पुन अग्रता दिलाए ।

५९ औ मिनेटमा पाउल पोग्बा र ६५ औ मिनेटमा केलियन एम्बाप्पेले फ्रान्सकालागि गोल गरेका थिए ।

मारियो मान्डुज्कीले अन्तिममा एक गोल फर्काएका थिए । विश्वकपको उपाधि फ्रान्सले दोस्रो पटक जित्न सफल भएको छ ।

 

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments