काठमाडौं । हिन्दि सिरियल हेर्नेहरुका लागि मोनी रोयको अनुहार चिरपरिचित छ । देवोका देव महादेवबाट दर्शकलाई आकर्षित गरेकी उनी टेलिचलचित्र ‘नागिन’ बाट दर्शकमाझ अझ लोकप्रिय बनिन् । नागिनको नयाँ संस्करणमा उनी नभएता पनि दर्शकले उनलाई नागिन उपनामले नै चिन्ने गर्छन् ।

मोनी रोय चलचित्र ‘गोल्ड’ बाट चलचित्रमा डेब्यु गरेकी छिन् , जुन प्रदर्शनको तयारिमा छ । मोनीको अभिनय संगै सुन्दरता र फेशन शैलीको पनि चर्चा हुने गर्छ । उनले आफ्नो झोलामा मेकअपको लागि आवश्यक आधारभूत सामग्रीहरु मात्र लिएर हिड्छीन् । उनले आफ्नो झोलामा कहिल्यै पनि लिप बाम छुटाउँदिनन् ।

त्यस्तै, मोनी रोयले आफ्नो झोलामा सधै एउटा किताब राखेर हिड्ने गर्छिन् । उनी झोलामा किताब राख्न नमिले हातमै भएपनि लिएर हिंड्ने र समय हुनासाथ पढ्ने बानी रहेको बताउँछिन् । उनले आफ्नो झोलामा विश्वका प्रसिद्ध ठाउँमा किनेका कलम र पेन्सिल राख्ने गर्छिन् ।

 

Comments

comments