काठमाडौं । नेपालीहरुको बारीमा अत्यधिक फल्ने र भान्सामा अत्यधिक पाक्ने तरकारी मध्येको एक भिंडी पनि हो । भिंडीलाई तरकारीको रुपमा मात्र नभई साँधेर वा अचारको रुपमा पनि खान सकिन्छ। भिंडीको फरक स्वाद र फरक परिकारले जिब्रोलाई नयाँ स्वाद दिन सक्छ ।

यहाँ साँधेको भिंडी बनाउने तरिकाको बारेमा चर्चा गरिएको छ :

भिंडीलाई लाम्चो आकारमा काट्नुपर्छ ।

त्यस्तै, आलुलाई पनि लाम्चो आकारमा काट्नुपर्छ ।

त्यसपछि एउटा प्यानमा तेल तताएर काटिएको भिंडीलाई फ्राई गर्नुपर्छ ।

भिंडी फ्राई भएपछी त्यसलाई निकाल्ने र त्यही तेलमा फेरी लाम्चो आकारमा काटेको आलु फ्राई गर्नुपर्छ ।

भिंडी र आलुबाट तेल तर्काएर सुक्खा गराउनुपर्छ ।

अब त्यो भिंडी र आलुमा प्याज काटेर राख्नुपर्छ ।

त्यसपछि त्यसमा खुर्सानी, धनियाँ, नुन, भुटेर पिनेको तोरी, टिमुरको धूलो र कागतीको रस राख्नुपर्छ ।

अब एउटा भाँडोमा तेल तताएर त्यसमा मेथी, बेसार फुराउनुपर्छ र त्यसले आलु, भिंडी लगायतको मिक्समा झान्नुपर्छ ।

झानिसकेपछी त्यसलाई राम्रोसंग मिक्स गर्नुपर्छ र साँधेको भिंडी तयार हुन्छ ।

 

विस्तृत जानकारीको लागि भिडियो हेर्नुहोस् :

 

 

Comments