जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सघन उपचार कक्षमा १५ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अत्यन्तै जटिल भएको अस्पतालले जनाएको छ ।

तर डा. केसीले आफ्नो स्वास्थ्य जाँच गर्न मानेका छैनन् ।

शुक्रबार साँझदेखि डा.केसी पटक–पटक अर्धचेत अवस्थामा जाने गरेको अस्पतालका मेडिकल डाइरेक्टर डा.पुजन रोकायाले बताए । ‘स्वास्थ्य अत्यन्तै जटिल छ,’ उनले भने, ‘शरीरमा अक्सिजन र ग्लुकोजको मात्रा निकै कम छ । मस्तिष्कमा रक्तसञ्चार पनि निकै कम छ ।’

यसैबीच डा.केसीका मागप्रति समर्थन जनाउन नेपाल विद्यार्थी संघको टोली जुम्ला आइपुगेको छ । संघले आइतबार बृहत् विरोधसभा र धर्ना गर्ने कार्यक्रम छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments