काठमाडौं । रुसमा भइरहेको विश्वकपमा खेलाडीसँगै सुन्दरी महिलाहरूले पनि दर्शकको ध्यान आफूतिर तानेका छन् ।

यसैक्रममा फिफाले महिलाप्रति क्यामरा धेरै फोकस गर्ने प्रसारकहरूलाई चेतावनी समेत दिएको छ । फिफाले सुन्दरी महिलालाई मात्र केन्द्रीत गरेर फोटो खिँच्नुलाई लैंगिक भेदभाव भनेको छ ।

खेल दौरान क्यामेराम्यानले सेक्सी देखिरहेका महिला र केटीहरुलाई ध्यान केन्द्रीत गरेको विषयमा फिफाले क्यामेराम्यानले यस्तो ग्लेमर फोटो नखिँच्न आग्रह गरेको छ ।

फिफाले भनेको छ, ‘खेलको दौरान अधिकतर क्यामरापर्सन हट महिला फ्यान्समाथि ज्यादै फोकस गरेका छन् । यस्ता फ्यान्सको धेरै फोटो लिइरहेको हुन्छन् । उनीहरुले यस्तो गर्न हुँदैन ।’

फिफाको अनुसार यो लैंगिक भेदभावको भएको छ । भेदभावको विरुद्ध काम गर्ने समूह फेयर नेटवर्कले मानेको छ कि रुसमा लैंगिक भेदभाव धेरै समस्या हो ।

Comments

comments