मेलवर्नमा नेपाल महोत्सव  २०१४ को आयोजना हुने भएको छ | आगामी नोभेम्बर १ र २ मा आयोजना हुने नेपाल महोत्सवमा नेपाली संस्कृति प्रवर्दन  गर्दै पर्यटकीय  महत्वका बिषयवस्तुलाई प्रचार प्रसार गरिदैछ | गैरआवासीय नेपाली एसोसिएसन ऑस्ट्रेलिया र स्टेट कोअर्डिनेसन काउन्सिल भिक्टोरियाको सक्रियतामा नेप्लिज एसोसिएसन भिक्टोरिया र, नेपाली महाबाणिज्य दुतको कार्यालय (नेपाली दुतावास -क्यानबेरा) अनि नेपाली समुदायको प्रतिनिधित्व गर्ने संघ संस्थाहरुको सहकार्यमा हुन् लागेको नेपाल महोत्सबमा नेपाली उत्पादनका बिक्रि स्टल  , नेपाली परिकार, गीत संगीत , सांस्कृतिक  झाँकी र पर्यटन प्रबर्दनका  निम्ति जानकारीमुलक प्रस्तुतिहरु रहने छन् |

महोत्सबको पहिलो दिन रिडज होटेल मेलबर्नमा कार्यशाला पश्चात गाला डिनरको आयोजना गरिँदै छ भने दोश्रो दिन दिनको १२ बजे देखि  रातको १० बजे सम्म फेडेरेशन स्क्वायर मेलबर्नमा महोत्सवका विभिन्नव प्रमुख  आकर्षणहरुबाट मनोरन्जन एवं ब्यापारिक स्टलहरुबाट नेपाली उतपादन सामाग्रीहरुको  किनमेल समेत गर्न सकिनेछ | यसैबीच सबिन राइ मिलन लामा लगाएत अष्ट्रेलियाका स्थानीय चिरपरिचित युवा संगीतकर्मीहरुको बेजोड प्रस्तुति रहने प्रत्यक्ष  सांगीतिक कार्यक्रम  नेपाल महोत्सबको  अर्को आकर्षण  रहनेछ |

“नेपाल फेस्टिभल २०१४ ” नाम दिइएको यस बर्षको महोत्सवलाई झन्डै २ दर्जन प्रायोजकहरुले सघाउने भएका छन् | साथै अष्ट्रेलियाबाट संचालनमा रहेका हिमालयन कंगारू, नेपाली  टाइम्स, नमस्ते नेपाल न्युज, नेपाली पत्र लगायतका   अन्य १३ वटा सन्चारमाध्यमहरुले महोत्सव मिडिया पार्टनरको रुपमा सहयोग पुर्याउने भएका छन् |

यसै महिना  मात्रै नेपाल  प्रबर्दनका  निम्ति अष्ट्रेलियाको सिड्नीमा पनि नेपाल महोत्सब सफलता पुर्वक सम्पन्न गरिएको छ  |

10714791_10203998010382376_1397991842_n

Comments

comments