बर्दिया । शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री गिरीराजमणी पोखरेलले जुम्लामा अनसनरत डा. गोविन्द के.सी.को स्वास्थ्य तलमाथि भएमा जुम्ला लैजाने र अनसनको लागि व्यवस्था गर्छु भन्नेहरु नै जिम्मेवार हुने बताउनु भएको छ ।

बर्दियाको बारबर्दिया नगरपालिकालाई अनिवार्य आधारभूत शिक्षा सुनिश्चितता भएको नगर घोषणा कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले यस्तो बताउनु भएको हो । कानुन शासनलाई कसैले अनसनको माध्यमबाट विथोल्नु नहुने भन्दै उहाँले भन्नुभयो‘डा. के.सी. ज्यू बर्षामा मौसम खराब भए उद्धारका लागि हेलिकप्टर पनि जान सक्दैन,काठमाण्डौ फर्कनुस ।’

काठमाडौं उपत्यका भित्र १० बर्ष सम्म मेडिकल कलेज स्थापना गर्न दिन की नदिने बारे आयोगले निर्णय गर्ने भन्दै उँहाले डा. केसीले उठाएका मागको मुल मर्म अनुसार नै सरकारले विद्ययक ल्याएको बताउनु भयो ।

सरकारले ल्याउन लागेको नँया विद्येयकमा छात्रवृद्धिबाट एमविविएस पढेका व्यक्तिहरुलाई दुई बर्ष दुर्गम र ३ बर्ष सुगममा सेवा गर्नु पर्ने व्यवस्था गरिएको जानकारी दिदै मन्त्री पोखरेलले अनसन बसेर संसदको सर्वाेच्चतालाई चुनौति दिन नहुने धारणा राख्नुभयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments