काभ्रे । बाढीका कारण अवरुद्ध अरनिको र विपी राजमार्ग सुचारु भएको छ । काभ्रे हुदै पूर्व चल्ने बिपि राजमार्ग र अरनिको राजमार्ग बिस्तारै सञ्चालन हुन लागेको जिल्ला ट्रफिक कार्यलय काभ्रेका प्रहरी सहायक निरीक्षक भिमसेन थापाले बताउनुभयो ।

निरन्तर वर्षाका कारण सडकछेउकाे कान्ला भत्किएर अरनिको र विपी राजमार्ग अवरूद्द भएकाे थियाे ।

राेशी खाेलामा फसेका दुर्इ मजदुरकाे उद्दार

यसैबीच नमोबुद्ध नगरपालिका वडा नम्बर ६ खाक्सिस्थित खानेपानीको काम गरिरेहका रोशी खोलाको बीचमा परेको दूई जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख खड्काका अनुसार नमोबुद्ध नगरपालिका–६ खाक्सि र दाप्चाको लागि लिफ्टीङ खानेपानी आयोजनामा खोलामा डोजर अपरेट नमोबुद्ध नगरपालिका–७ दाप्चाका नारायण गोपाल श्रेष्ठ र हेल्पर धुलिखेल नगरपालिका–२ का कान्छा तामाङलाई सेनाको हेलिकप्टरबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यलय काभ्रे प्रमुख रबिराज खड्काले बताउनुभयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments