काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा रेखा थापा बोल्ड अभिनेत्रीको रुपमा चिनिन्छिन् । अभिनेत्रीको रुपमा चलचित्र क्षेत्रमा प्रवेश गरेकी उनले निर्माता तथा निर्देशकको समेत परिचय बनाइसकेकी छिन् ।

अभिनेता मात्र चलचित्रको प्रमुख पात्र हुने र नायिकालाई बचाउनको लागि नायक नै आउनुपर्ने नेपाली चलचित्रको कथालाई  रेखा थापाले नयाँ मोड दिइन् । उनका चलचित्रहरुले दर्शकको मन जिते र व्यवसायिक सफलता पनि हासिल गरे ।

चलचित्र क्षेत्रमा आफूले दिएको योगदानलाई सम्मान गरेर कुनै पनि मिडियाले आफूलाई आज सम्म मेघास्टार वा महानायिका नभनेको तर पछिल्लो समय एक/दुई चलचित्र मात्र खेलेका अभिनेतालाई मिडियाले मेघास्टार भन्दा उनलाई अचम्म लाग्छ । उनी मिडियाले कुनै बलियो आधार बिना नयाँ कलाकारको प्रशंसा वा आलोचना गर्ने बताएकी छिन् ।

रेखा थापाक पूर्व श्रीमान तथा चलचित्र निर्माता छवि ओझाको अभिनेत्री शिल्पा पोखरेलसंग सम्बन्ध रहेको चर्चा मिडियामा चल्ने गरेता पनि उनीहरुले आफूहरुले विवाह नगरेको र छिट्टै गर्ने योजनामा रहेको बताउंदै आएका छन् । तर, रेखा थापाले पछिल्लो एक अन्तर्वार्तामा छवि र शिल्पाको दुई वर्ष अगाडी नै विवाह भएको बताएकी छिन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments