काठमाडौ । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र वजेटका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार मन्त्रीपरिषद्का सदस्यसँग छलफल गर्नु हुने भएको छ ।

सरकारले ल्याएको नीति तथा कार्यक्रम र वजेट साउन १ गतेदेखि पूर्ण रुपमा लागु हुने र त्यसका लागि मन्त्रालयको तयारी बारे छलफल हुने सल्लाहकार आर्यालले जानकारी दिनुभयो ।

सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा छलफल हुने प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओली जेठ २५ गते मन्त्री तथा सचिवसँग छलफल गरि नीति तथा कार्यक्रम र वजेट कार्यान्वयनको योजना पेस गर्न निर्देशन दिनुभएको थियो । उहाँले असार १५ गते भित्र ठोस योजना लिएर आउन निर्देशन दिनुभएको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments