काठमाडौं । भारतीय चर्चित टेलिसिरियल तारक मेहताका उल्टा चस्माका अभिनेता कविकुमार आजादको निधन भएको छ ।

आजादको ४५ वर्षको उमेरमा सोमबार बिहान हृदयाघातका कारण निधन भएको हो। सब टेलिभिजनमा विगत १० वर्षदेखि प्रसारण हुादै आएको सिरियलमा उनी डाक्टर हात्तीको भूमिकामा देखा पर्दै आएका थिए । सिरियलले हालै २५ सय भाग पूरा गरेको छ ।

तारक मेहताका उल्टा चस्मामा डाक्टर हात्तीको भूमिका र अभिनय दर्शकले निकै मन पराउने गरेका छन् । बिहारमा जन्मिएका आजाद मोटोपन, मधुमेह, उच्च रक्तचापलगायतका रोगबाट पीडित थिए ।

निर्माता, लेखक तथा अभिनेताका रूपमा सक्रिय आजादले मेला, फन्टुसलगायतका केही बलिउड फिल्ममा पनि अभिनय गरेका छन् । तारक मेहताका उल्टा चस्माका प्रमुख पात्र जेठालाल अर्थात दिलीप जोशीले हात्ती भाइको निधनले आफू स्तब्ध भएको बताएका छन् ।

सिरियलका निर्माता आसितकुमार मोदीले आजादको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

Comments

comments