एसियाली खेलकुद एसियाडको क्रिकेट प्रतियोगितामा माल्दिभ्सलाई पराजित गर्दै नेपाल क्वाटार फाइनलमा प्रवेश गरेको छ ।

समूह चरणको आफ्नो अन्तिम खेलमा आज माल्दिभ्सलाई ७ विकेटले हराउँदै नेपालले क्वाटर फाइनलमा अफगानिस्तानसँगको भेट पक्का गरेको हो । नेपालले अब क्वाटर फाइनलमा बुधबार अफगानिस्तानसँग प्रतिष्पर्धा गर्नेछ । माल्दिभ्सविरुद्धको खेल जित्न पाएको ५४ रनको सामान्य लक्ष्य नेपालले खेल सकिन ३४ बल बाँकी छँदै ३ विकेट गुमाएर पुरा ग¥यो । नेपालका सुवास खकुरेलले नट आउट २७ रन बनाए । शरद भेषवाकर पनि ६ रनमा नटआउट रहे । यस्तै कप्तान पारस खड्का १५ रनमा आउट भए । सागर पुन र ज्ञानेन्द्र मल्लले समान १ रन बनाएका थिए ।

यसअघि इन्चोनमाटस जितेर पहिला ब्याटिङ  गरेको माल्दिभ्स १८ दशमलव ५ ओभरमा ५३ रनमा अल आउट भएको थियो । यसअघि हिजोको खेलमा नेपालले कुवेतलाई ९ विकेटको फराकिलो अन्तरले हराएको थियो ।

Please follow and like us:

Comments