मेलबर्न । अष्ट्रेलियाको भिक्टोरियामा पुगेका नेपाली अभिभावकको लागि चितवन समाज भिक्टोरियाले ‘ अभिभावक भ्रमण कार्यक्रम’ गरेको छ । गत ३० जुनमा भएको कार्यक्रममा अभिभावकहरुको लागि मन्दिर तथा गुम्बा दर्शन, भजन-किर्तन, नाचगान, पिकनिक, फोटोग्राफी तथा अन्य मनोरन्जनात्मक कार्यक्रमले पूर्ण मनोरन्जन दिने प्रयास गरिएको थियो ।

उक्त कार्यक्रम आयोजनाका लागि चितवन समाज भिक्टोरियालाई विद्यार्थी तथा अष्ट्रेलिया बसाई सर्ने नेपालीहरुको सहयोगी साथी ग्रेस इन्टरनेशनल कन्सल्टेन्सी र अष्ट्रेलिया बस्ने नेपालीहरुको लागि घरजग्गा कारोबारमा विश्वासिलो सल्लाहकार क्यापकन होम लोन्सले सहयोग गरेका थिए ।

अभिभावक भ्रमण कार्यक्रमका झलकहरु (तस्बिर स्रोत : चितवन समाज भिक्टोरियाको फेसबुक पेज)

Comments

comments