एजेन्सी । मानिसले जन्म र मृत्युकोबिचमा धरै चरणहरुलाई सामना गर्नुपर्दछ । यसमा पनि महिलाको केही कुरा प्राकृतिक रहेका हुन्छन्–त्यो हो मासिक धर्म अथवा महिनावारी । सामन्यतया १२ बर्षको उमेर देखि शुरु हुने मासिक धर्म ४५ बर्षको सेरोफेरोसम्म चलिरहने एक प्राकृतिक चरण हो । प्रजनन क्षमतामा मासिक धर्मले महत्वपूर्ण भूमिका राख्दछ । तर उमेरको एक बिन्दुमा पुगेपछि उक्त प्राकृतिक चरण बन्द हुने गर्दछ । त्यसलाई मनोपज भनिन्छ । जसको महसुस एक महिलाले मात्र गर्न सक्छिन् । मनोपजमा शरीरमा हार्मोनको बदलावको कारण फरक फरक महसुस हुने चिकित्सक बताउछन् । मनोपजपछि महिलामा हुने निम्न परिवर्तनको बारेमा सबैले थाहा पाईराख्न आवश्यक छ ः

१. मनोपजपछि महिलाको वजन बढ्दै जान्छ जसलाई नियन्त्रण गर्न निकै कठिन हुने गर्दछ ।

२. योनीबाट सेतो पर्दाथ बगिरहने हुँदा असहज लाग्ने हुन सक्दछ ।

३. शुरुमा अनिन्द्रको समस्या हुन सक्दछ ।

४. पेटमा ग्यास भरिएर पेट फुले जस्तो अनुभव हुने गर्दछ ।

५. सानो सानो बिषयमा झर्को लाग्न सक्दछ । कतिलाई डिप्रेशन पनि हुने गर्दछ ।

६.बारम्बार हाँछ्यु आइरहन सक्छ ।

७. शरीरमा चिलाईरहने हुनसक्छ ।

८. शरीर कमजोर र थकाईको महशुस हुने गर्दछ ।

९. दिन लामो लाग्ने र ९ बजे नै मध्यरात भएको जस्तो भ्रम हुन सक्छ ।

१०. सुतेर उठेपछि निद्र अपुरो झै लाग्ने र दिननै आलस्य लाग्ने गर्दछ ।

११. भारी चिज उठाउन समस्या हुने गर्दछ ।

१२. पहिलाको तुलनामा दिसा पिसाब लामो समय रोक्न सकिदैन ।

१३. बिर्सने समस्या बढ्न सक्छ ।

१४.नङहरु कमजोर हुन्छ ।

१५. छालाको कसाव कम हुदै गएर चाउरीपन देखिदै जान्छ ।

१६.राति सुत्दा पसिना धेरै आउने र ओछ्यान भिजेको अनुभव हुनसक्छ ।

१७.कपाल कमजोर र पातलो हुदै जान्छ ।

१८. हरेक काममा कसैको सहयोगको अपेक्षा बढ्देै जाने हुन सक्दछ ।

प्राकुतिक चक्रलाई चाहेर पनि कसैले रोक्न सक्दैन । तसर्थ मनोपजपछिको चरणमा रहेका हरेक महिलालाई परिवारले आवश्यक स्याहार र सहयोग गर्नुपर्छ । मनोपज भएपछिको केही समय माथि उल्लेखित समस्या देखिए पनि बिस्तारै महिलाले उक्त चरणलाई स्वीकार गर्दै जाने र सामन्य अवस्थामा फर्कने गर्दछन् । उल्लेखित तथ्यहरु थाहा पाईराखे तपाईकै घरभित्रका महिला,महिला मित्र वा साथीहरुसँग सेयर गर्न सक्नुहुन्छ ।

Comments

comments