मेलबर्न । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा भोली मंगलबार बस सेवा ठप्प हुन सक्ने बताइएको छ । हड्तालका कारण केही बस सेवाहरु बन्द हुने भएका हुन् । उक्त हड्ताल सुचनामा उल्लेख गरीए अनुसार मेलबर्न, बालाराट तथा जिलंगका केही बस सेवा बन्द हुनेछन् ।

हड्ताल ९ जुलाई, सोमबार चल्ने अन्तिम सेवादेखि ११ जुलाई, बुधबार बिहानी गुड्ने पहिलो सेवाका बसहरुसम्म लागु हुने बताइएको छ ।यो हड्तालबाट ट्रेन, ट्राम तथा सीडीसी भिक्टोरियाले संचालन गर्ने बाहेकका अरु बस सेवाहरु भने अवरुद्ध हुने छैनन्।

हड्ताल फिर्ताको लागि वार्ता चलेको भएतापनि मंगलबार बस सेवा अवरुद्ध हुने प्रबल सम्भावना रहेको बताइएको छ ।

हड्तालका कारण निम्न रुटहरु प्रभावित हुनेछन् :

मेलबर्न :
१५०, १५१, १५३, १६०, १६१, १६६, १६७, १७०, १८०, १८१, १९०, १९१, १९२, ४००, ४०६, ४०७, ४०८, ४०९, ४१०, ४११, ४१२, ४१४, ४१५, ४१७, ४१८, ४१९, ४२१, ४२३, ४२४, ४२५, ४३९, ४४१, ४४३, ४९४, ४९५, ४९६, ४९७, ४९८, ६०१, ६०५, ६०६, ६१२, ६२३, ६२४, ६२५, ६२६, ६३०, ९००
बालाराट : सम्पूर्ण बस रुटहरु
जिलंग : १, १०, ११, १२, २०, २२, २३, २४, २५, ४३

स्रोत : एसबिएस न्युज

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments