काठमाडौँ । एउटा संस्थामा दश प्रतिशतभन्दा बढी सेयर स्वामित्व राख्न नपाउने कानूनी व्यवस्था भए पनि करिब आधा दर्जन संस्थामा रहेको बढी सेयर राष्ट्र बैंकले अझै बिक्री गर्न सकेको छैन ।

कानून पालना गराउने मुलुकको केन्द्रीय बैंक नै जवाफदेही बन्न नसक्दा यस्तो अवस्था आएको छ ।

हाल विभिन्न क्षेत्रका ५ संस्थामा राष्ट्र बैंकका लगानी ती संस्थाको कुल पुँजीको १० प्रतिशतभन्दा बढी छ ।

सरकारी लगानी कम गरी निजी क्षेत्रको लगानी प्रोत्साहित गर्ने उद्देश्यले केन्द्रीय बैंकले अन्य संस्थाहरुमा १० प्रतिशतभन्दा बढी सेयर स्वामित्व राख्न नपाउने व्यवस्था राष्ट्र बैंक ऐन ०५८ मा गरिएको थियो ।

सोही व्यवस्थानुसार तोकिएको सीमाभन्दा बढी रहेको लगानी राष्ट्र बैंकले बिक्री गर्दे जाने बताइएको थियो ।

तर विभिन्न संस्थाहरुमा रहेको सेयर बिक्री गर्न प्रभावकारी रुपमा नलाग्दा सेयर बिक्री गर्न नसकिएको हो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments