एजेन्सी । हाम्रो भान्छामा प्रयोग हुने कतिपय यस्ता चिजहरु छन् जसको उपयोगिता धेरैलाई थाह नहुन सक्छ । जसका कारण ती चिजहरु महत्वका भएर पनि महत्वहीन भईरहेका छन् । सख्खर यस्तो एउटा खाद्य बस्तु हो जसबाट धेरै फाइदा लिन सकिन्छ । जानी राखौं यसका केही महत्वपूर्ण फाइदाहरु ।

१.सख्खरले चिसो लागेको बेला शरीरलाई भित्रैबाट तातो राख्न मद्धत गर्दछ । यसले कफको समस्या पनि समाधान गर्दछ । त्यसैले दिनको २ पटक खाना खाए पछि सख्खरको सानो टुक्रा मुखमा च्यापेर बिस्तारै खानले फाइदा पुग्दछ ।

२.सख्खरको प्रयोगले अनावश्यक वजन घटाउन सहयोग गर्दछ ।

३. सख्खरको सेवनले महिलाहरुको महिनावारीको समयमा पेट दुख्ने समस्यालाई कम गर्दछ र शरीरमा आइरनको परिपुर्ति समेत गर्दछ ।

४.सख्खरमा न्युट्रेसन्सको मात्रा धेरै हुन्छ जसले शरीरको रेड सेल्सलाई स्वस्थ राख्दछ ।

५.शरीरको मांशपेशीको दुखाइमा सख्खरको नियमित प्रयोगले आराम मिल्दछ ।

६.एसिडिटीको समस्या भएको ब्यक्तिले खाना खाए पछि सख्खरको सानो टुक्रा खाए लाभ पुग्दछ ।

Comments

comments