मेलबर्न । अष्ट्रेलियाको मेलबर्नबाट सुशील चालिसेको नेपाली मुक्तक संग्रह ‘गुराँसहरु पलाँसहरु’ विमोचित भएको छ । गत शनिबार भएको उक्त पुस्तक विमोचन कार्यक्रमलाई नेपाली कम्यूनिटि वेष्ट र सेभेन इपिक इन्टरटेन्टमेन्टले संयुक्त रुपमा आयोजना गरेका हुन् । कार्यक्रममा नेपाली अवैतनिक महावाणिज्यदूत चन्द्र योन्जन प्रमुख अतिथिको रुपमा रहनुभएको थियो ।

नेपाली समुदायका विशिष्ठ व्यक्तिहरुको सहभागितामा भएको पुस्तक विमोचन कार्यक्रममा विशिष्ठ अतिथि तथा पुस्तकको समालोचकको रुपमा लुम्बिनी कपिलवस्तु अभियानका ग्लोबल संयोजक रामकुमार श्रेष्ठ, एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष केशव कडेँल, न्याभका अध्यक्ष डा अनुपम पोख्रेल रहनुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा महावाण्ज्यिदूत चन्द्र योञ्जनले गुराँसहरु पलाँसहरु किताबको सह्राना गर्दै मुक्तककार सुशील चालिसेलाई विशेष धन्यवाद तथा बधाई दिनुभएको थियो । त्यस्तै, पुस्तकको समालोचना गर्दै रामकुमार श्रेष्ठले मुक्तककार चालिसेको यो पहिलो प्रयास नै एकदम सफल भएको र यो कृति साहित्य जगतमा उहाँलाई चिनाउने एउटा कोसेढुङ्गा सावित होस् भन्ने शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा सेभेन इपिकका निर्देशक उज्जवल घिमिरेले सहभागीहरुलाई स्वागत मन्तव्य दिंदै सहभागिताको लागि धन्यवाद दिनुभएको थियो ।
उहाँले कार्यक्रम आयोजनाको उद्देश्यलाई प्रष्ट पार्दै नेपाली पाठकहरुलाई ‘गुराँसहरु पलाँसहरु’ उपहारको लागि मुक्तककार चालिसेप्रति कृतज्ञता प्रकट गर्नुभयो ।

भक्तपुरमा जन्मिएका मुक्तककार सुशील चालिसे प्रख्यात कवि, साहित्यकार तथा पुरानो राष्ट्रिय गानका सर्जक स्व.चक्रपाणी चालिसेको नाती हुनुहुन्छ । कार्यक्रममा उहाँले सहभागीहरु तथा मेलबर्नवासी नेपालीलाई धन्यवाद दिंदै आफ्नो पहिलो कृतिमा नै यो साथ पाएकोले निरन्तर कलम चलाउने हौसला मिलेको बताउनुभएको थियो। नेपालमा विमोचन भइसकेको गुराँसहरु पलाँसहरु किताब मेलबर्न बाहेक डार्विनमा समेत विमोचन भइसकेको छ । अष्ट्रेलियाको हरेक राज्यमा विमोचन गर्ने उद्देश्य बोकेका मुक्तककार चालिसे अब सिड्नी, विस्रवेन हुँदै अन्य राज्यमा पनि किताब विमोचन गराउने योजनामा हुनुहुन्छ ।

उक्त विमोचन कार्यक्रममा पुस्तकको मूल्य ५० डलर राखिएको थियो । जसको चार प्रतिशत रकम न्याभ बाल चौतारी वेस्टलाई सहयोग स्वरुप दिने घोषणा गरिएको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments