काठमाडौं । नेपालका लागि चिनियाँ राजदुत यु होंगले ‘ट्रान्स–हिमालयन मल्टी–डाइमेन्सनल कनेक्टिभीटी नेटवर्क’ को ’फ्रेमवर्क’ अन्तर्गत हुने आपसी सहकार्यबाट नेपालले प्रचुर मात्रामा फाइदा लिनुपर्ने बताएकी छिन् ।

नेपाल चेम्बर अफ कमर्स र नेपाल–चीन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीद्वारा शुक्रबार संयुक्त रुपमा आयोजित ‘प्रोस्पेक्ट्स अफ नेपाल–चिन ट्रेड एण्ड इकोनोमिक रिलेसन्स’ बिषयक अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै उनले बताएकी हुन् । आजको कारोबार दैनिकमा खबर छ ।

संसारलाई समृद्धिले जोड्ने चिनियाँ सपना जोडिएको बृहत बिश्वब्यापी परियोजना ‘बेल्ट एण्ड रोड इनिसियटिभ’मा नेपाल सहभागी भैसकेकोले यस अन्तर्गत हुने सहकार्यबाट नेपालको समृद्दिको गति तिब्र बन्ने कुरा उनले बताइन् ।

भर्खरै मात्र नेपालका प्रधानमन्त्री के। पी। शर्मा ओलीको चीन भ्रमणको क्रममा भएका सहमति र सम्झौताहरु ऐतिहासिक भएको भन्दै उनले भनिन्, “नेपाल–चीन सम्बन्ध यो बिन्दुमा आएर ऐतिहासिक क्षेणमा आइपुगेको छ । यो मैत्रिपूर्ण सम्बन्धको फ्रेममा साझा धारणा र अनुभवको आदान–प्रदानले दुवै देशलाई प्रचुर फाइदा र सिकाई हुनेछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments