काठमाडाैँ । स्वीडेनलार्इ क्वार्टरफाइनलमा २-० गोलअन्तरले पराजित गर्दै इंग्ल्याण्ड सेमिफाइनलमा प्रबेश गरेकाे छ । सनिबार राती भएकाे खेलमा एेतिहासिक जित निकाल्दै इङ्गल्याण्ड सन् १९९० पछि पहिलोपटक विश्वकपको सेमिफाइनलमा स्थान बनाएकाे हाे । नक अाउट चरणमा पनि पेनाल्टीमा एेतिहासिक जित हात पारेकाे थियाे ।

सनिबारकाे खेलमा इंग्ल्याण्डका लागि ह्यारी म्यागुरे र डेल अलिले गोल गरेका थिए। खेलको ३१ अौं मिनेटमा ह्यारी म्यागुरेले कर्नरबाट अाएको बलमा हेडर गर्दै इंग्ल्याण्डलार्इ सुरुवाती अग्रता दिलाएका थिए। यो उनको पहिलो अन्तराष्ट्रिय गोल पनि थियो।

उनको खेलसँगै पहिलो हाफमा इंग्ल्याण्डले स्वीडेनविरुद्ध १-० को अग्रता लिएको थियो। दोस्रो हाफको ५९ अौं मिनेटमा डेले अलिले पुन: हेडरमार्फत गोल गर्दै इंग्ल्याण्डलार्इ २-० को जित दिलाए।

अब इंग्ल्याण्डले बुधबार रसिया या क्रोएशियासँग सेमिफाइनल खेल्नेछ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments