मेलबर्न । अष्ट्रेलियामा विभिन्न सिमितता तथा चुनौतीहरुको सामना गर्दै अगाडी बढेर उपलब्धि हासिल गरेका विभिन्न क्षेत्रका नेपालीहरुलाई सम्मान गर्नको लागि अवार्ड कार्यक्रमको आयोजना गरिएको छ । आगामी ८ जुलाईका दिन अष्ट्रेलियाको भिक्टोरिया राज्यमा ‘ न्याभ एक्सिलेन्स रिकगनिसन एण्ड अवार्ड्स नाइट २०१८ ‘ हुन लागेको हो ।

नेपलीज एसोसिएसन अफ भिक्टोरिया ( न्याभ ) ले विगत केही वर्ष देखि हरेक दुई वर्षमा यो अवार्डको आयोजना गर्दै आएको छ । यो अवार्ड विभिन्न क्षेत्रमा सफलता हासील गरेका, समुदायलाई योगदान पुर्याएका व्यक्तिलाई प्रदान गर्ने गरिन्छ । त्यस्तै , यस कार्यक्रममा नेपाली समुदायलाई सहयोग पुर्याएका विदेशी व्यक्तित्वलाई सम्मान गर्ने गरिन्छ ।

नेपाली समुदायलाई अगाडी बढाउने उद्देश्यले स्थापना भएको न्याभले नेपाली समुदायलाई मजबुत बनाउंदै, नेपालीहरुलाई हौसला प्रदान गर्नको निम्ती यो अवार्ड कार्यक्रमको सुरुवात गरेको हो । न्याभले समुदायको समृद्धिको लागि विभिन्न कार्यक्रम तथा प्रतियोगिताहरुको समेत आयोजना गर्दै आएको छ ।

‘न्याभ एक्सिलेन्स रिकगनिसन एण्ड अवार्ड्स नाइट २०१८’ यही आइतबार अर्थात जुलाई ८ मा Collinghood Townhall, 140 Hoddle St, Abbotsford VIC 3067 मा हुनेछ । कार्यक्रम बेलुका ६ बजे देखि ९ बजे सम्म हुनेछ ।

कार्यक्रममा सहभागी हुनको लागि यस लिंकमा गएर टिकट लिन सकिन्छ >> https://www.tickettailor.com/events/nepaleseassociationofvictoria/175364/#

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments