दक्षिण कोरियाको इन्छनमा जारी सत्रौं एसियाली खेलकुदमा आज नेपालले ६ खेलमा सहभागीता जनाउँदैै छ ।

बिहान एथ्लेटिक्सको १५ सय मिटर दौडमा हरिकुमार रिमाल सहभागी हुदैछन् । यस्तै बिहान पौने ११ बजे नेपाली पुरुष क्रिकेट टिमले दोस्रो खेलमा माल्दिभ्ससंग खेल्दैछ । कमजोर आँकिएको माल्दिभ्समाथि नेपाल हावी हुने अनुमान गरिएको छ । यता, टेवलटेनिसको पुरुष टिमले आज कुवेतसंग खेल्दैछ । यता, महिला टिमले आज मलेसियाको सामना गर्दैछ । बक्सिङ्गमा नेपालले आज तीन स्पर्धामा प्रतिस्पर्धा गर्दैछ । यस्तै गल्फका अन्तिम दिनका खेल पनि भइरहेका छन् ।

नेपालले पुरुष एकल र टिमतर्फ सहभागीता जनाएको छ ।

Comments