मेलबर्न । युनिभर्सिटी अफ क्यानबेरा अष्ट्रेलियाको क्यानबेरामा रहेको पब्लिक युनिभर्सिटी हो । यो युनिभर्सिटी सन् १९९० देखि युनिभर्सिटीको पूर्ण रुपमा संचालनमा आएको थियो ।

यस युनिभर्सिटीमा पढाइ हुने कोर्सहरुले गुड युनिभर्सिटी गाइडबाट ‘फाइभ स्टार’ अवार्ड पाएका छन् । यस युनिभर्सिटीमा ग्राजुएट भएका विद्यार्थीहरुमध्ये ८९ प्रतिशत विद्यार्थीले राम्रो रोजगारी पाएको तथ्याङ्क रहेको छ ।

यहाँ मूख्य गरी पढाइ हुने क्षेत्र यस प्रकार रहेका छन् (दिइएका संकायको नाममा क्लिक गरेर उक्त संकाय बारे थप जानकारी लिन सक्नुहुन्छ) :

यो युनिभर्सिटीमा पब्लिक ट्रान्सपोर्टबाट नै जान सकिन्छ । यस युनिभर्सिटी अन्तरगत रहेर अष्ट्रेलियाका अरु सहरहरु , क्विन्सल्याण्ड, मेलबर्न र सिड्नीमा समेत पढ्न सकिन्छ ।

युनिभर्सिटी अफ क्यानबेरामा ग्राजुएट, पोस्ट ग्राजुएट संगै रिसर्च विषयमा पनि भर्ना हुन सकिन्छ । सरकारी, वातावरण, संचार, स्वास्थ्य, शिक्षा आदि क्षेत्रमा यस युनिभर्सिटी विश्वस्तरिय मानिन्छ । जसको लागि यस युनिभर्सिटीले थुप्रै रिसर्च सेन्टरहरु बनाएको छ ।

तस्बिर स्रोत : University of Canberra

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments