काठमाडौं । पनिर प्राय: नेपालीहरुको प्रिय परिकार हो । दुधबाट बन्ने पनिरलाई पकाएर विभिन्न परिकार तयार गर्न सकिन्छ । पनिरको परिकार मध्ये पालक पनिर धेरैले मन पराउने परिकार हो । घर देखि विशेष समारोहको भोजमा समेत यो परिकारले राख्न सकिन्छ । पालक पनिर घरमै बनाउन पनि सजिलो हुन्छ ।

आवश्यक सामग्री :

पालकको साग, पनीर

जिरा, अदुवा, लसुन, खुर्सानी, प्याज, टमाटर

क्रिम वा दुधको तर, खुर्सानीको पाउडर, धनियाँ पाउडर, गरम मसला

नुन, बेसार, तेल

 

विधी :

एउटा भाँडोमा पानी उमाल्नुहोस् र पानी उम्लिएपछि त्यसमा पालकको साग राख्नुहोस् ।

दुई मिनेटपछि पालकको सागलाई निकालेर चिसो पानीमा राख्नुहोस् र निकाल्नुहोस् ।

एउटा भाँडोमा तेल तताउनुहोस् र तेल तातेपछि त्यसमा जिरा, हरियो खुर्सानी, अदुवा, लसुन, प्याज राखेर पकाउनुहोस् ।

केही छिन पछि त्यसमा टमाटर राखेर पकाउनुहोस् ।

पाकिसकेपछि त्यसलाई निकालेर सेलाउन राख्नुहोस् ।

सेलाइसकेपछि पालक र त्यो मसलालाई मिक्सरमा राखेर पेस्ट बनाउनुहोस् ।

अब एउटा भाँडोमा तेल तताउनुहोस् र त्यसमा बेसर, खुर्सानी पाउडर, धनियाँ पाउडर, जिरा पाउडर राख्नुहोस् ।

त्यसपछि त्यसमा पेस्ट राख्नुहोस् र मिक्स गर्नुहोस् ।

त्यो मिक्सलाई केही दुई मिनेट पकाउनुहोस् र त्यसपछि क्रिम वा दुधको तर वा दही राख्नुहोस् ।

अब त्यसमा गरम मसला र नुन राख्नुहोस् ।

त्यसमा पनिर् राख्नुहोस् र पकाउनुहोस् ।

Comments

comments