काठमाडौं ।  सरकारले बहुचर्चित बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा फेरि चिनियाँ कम्पनीलाई दिने संकेत गरेको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अघिल्लो सरकारको निर्णयलाई हतारको निर्णयको संज्ञा दिँदै यसमा पुनरावलोकन गरिने जानकारी दिए ।

उनले सरकारले यसमा पुनरावलोकन गरिरहेको र चाँडै नै आवश्यक निर्णय लिने जानकारी दिएका छन् ।

१२ सय मेगावाट क्षमताको यो आयोजना विगतमा प्रचण्ड नेतृत्वको सरकारले चिनियाँ कम्पनीलाई दिने विवादास्पद निर्णय गरेको थियो ।

त्यसपछि शेरबहादुर देउवा नेतृत्वको सरकारले चिनियाँ कम्पनीसँगको सम्झौता भंग गर्दै स्वदेशी लगानीमै बनाउने निर्णय गरेको हो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments