चितवन । नारायणगढ–मुग्लिन सडकको टोपे खोलामा बुधबार बिहान फेरि ठुलो पहिरो गएको छ ।

बिहान पाँच बजे गएको पहिरोका कारण आज दिनभर यातायात प्रभावित हुने अवस्था देखिएकाे नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले बताउनुभयाे । पहिरो सफा गर्न आज दिनभर लाग्ने उहाँले जानकारी दिनुभयाे ।

‘अहिले गाडी ठप्पै छ । एक तर्फी खुलाउन पनि अझै तीन चार घण्टा लाग्छ । तीन चार बजेयता दुई तर्फी गाडी खुल्ने सम्भावना छैन’ सुचना अधिकारी खनालले भने । पहिरोका कारण सोमबार दिनभर बाटो अवरुद्ध थियो । हिजो पनि राम्रोसँग गाडी चल्न सकेको थिएन । राजधानी काठमाडौंको लाइफ लाइन यो सडक वर्षासँगै पहिरा आउँदा पटक पटक बन्द हुने गरेको छ ।

नारायणगढ मुग्लिन सडकलाई एसियाली मापदण्ड अनुरुपको दुई लेनको फराकिलो बनाउन ठाउँ ठाउँमा पहाड काटिएको छ । पहाड काटेको ठाउँमा पहिरो गएर सडक बन्द हुने गरेको हो । अघिल्ला वर्षहरुमा लगातार ४३ घण्टासम्म बाटो बन्द भएको थियो । यो वर्ष असार ११ गते सोमबार लगातार ११ घण्टा बाटो बन्द भएको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments