काठमाडाैँ । रसियामा जारी विश्वकपको नकआउट चरणमा काेलम्बियालाई पराजित गर्दै इङ्गल्याण्डले क्वार्टरफाइनलमा स्थान बनाएको छ। मंगलबार मध्येराती भएको खेलमा इङ्गल्याण्डले काेलम्बियालाई पेनाल्टी सटअाउटमा ४-३ले पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएको हो। विश्वकप फुटवल इतिहास मै पहिलाे पटक इङ्गल्याण्डले पेनाल्टीमा जित हात पारेकाे छ ।

पहिलो हाफ बराबरीमा रोकिएको खेलमा इङ्गल्याण्डका लागि दोस्रो हाफकाे ५७ अाैँ मिनेटमा ह्यारी केनले गाेल गरेका हुन्। खेलकाे निर्धारित ९० मिनेटकाे समयमा एक शून्यले अगाडि रहेकाे इङ्गल्याण्ड अतिरिक्त समयमा सम्हालिन नसक्दा काेलम्बियाले बराबरी गाेल फर्कायाे । खेलकाे ९३ अाैँ मिनेटमा काेलम्बियाका वाइ मिनाले हेड मार्फत गाेल गर्दै खेललार्इ बराबरीमा पुर्याएका थिए ।

अतिरिक्त ५ मिनटमा खेल बराबरी भएपछि थप ३० मिनटकाे समय थपिएकाे थियाे । थपिएकाे समयमा पनि दुबै टीमबाट कुनै गाेल नभएपछि पेनाल्टी सूट अाउटबाट निर्णय लिइएकाे हाे । पेनाल्टीमा इङ्गल्याण्डले ४ गाेल गर्याे भने काेलम्बियाले ३ गाेल । एक गाेल बचाउ गरे भने काेलम्बियाले हानेकाे एक किक बारमा लागेर फर्किएकाे थियाे ।

ह्यारी केन अाजकाे म्यान अफ द म्याच घाेषित भए । अब इङ्गल्याण्डले क्वार्टरफाइनलमा स्वीडेनसँग खेल्नेछ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments