एजेन्सी । विश्वकप फुटबल अन्तर्गत प्रि क्वार्टरफाईनलको खेलमा ब्राजिलले मेक्सिकोलाई हराएको छ । नेइमारले एक गोल गर्नुकासाथै थप गोलकालागि अवसर सिर्जना गरेपछि ब्राजिलले शानदार जित निकालेको हो ।

नेइमारले जारी विश्वकपमा दोस्रो गोल गरेका हुन् भने समग्रमा यो उनको छैटौं गोल हो ।

खेलको ५१ औ मिनेटमा विलियमको पासमा गोल गर्दै नेइमारले ब्राजिललाई अग्रता दिलाएका थिए । तर खेल सकिन एक मिनेट बाँकी छदाँ नेइमारको उत्कृष्ट पासमा सब्सीच्युड खेलाडी फिर्मिनोले दोस्रो गोल थपे । फिर्मिन्हो फिलिपे कौटिन्होको स्थानमा मैदान प्रवेश गरेका थिए  । उनले मैदान प्रवेश गरेको दोस्रो मिनेटमै गोल गरेका थिए ।

जितपछि ब्राजिल विश्वकप फुटबलको क्वार्टरफाईनलमा प्रवेश गरेको छ ।

Comments

comments