काठमाडौं । स्वस्थ शरीरको लागि पानीको आवश्यकता हुन्छ । हरेक दिन कम्तीमा पनि ६ गिलास पानी पिउनु राम्रो मानिन्छ । गर्मी मौसममा त पानी अत्यधिक पिउनुपर्ने हुन्छ । तर, कतिपयको भने पानी पिउने बानी हुँदैन ।

पानीको कमीले शरीरमा विभिन्न रोग आउँछन् । छाला देखि मृगौला सम्मको रोग लाग्न सक्छ । त्यसैले शरीरमा पानीको मात्रा कम भएको थाहा पाउना साथ आफ्नो खानपिनको बानीमा परिवर्तन गर्नुपर्छ ।

शरीरमा पानी कम भयो भने दिनमा २ वा ३ पटक भन्दा बढी पिसाब लाग्दैन । पिसाब सफा आउंदैन, पहेंलो वा खैरो देखिन्छ । त्यस्तै पानीको कमी हुँदा ओठ फुट्छ, मुख सुख्खा हुन्छ र जिब्रो बाक्लो हुन्छ ।

पानीको कमी हुँदा छाला सुख्खा देकिन्छ, जोर्नीहरु खैरो रंगको र बाक्लो छाला भएको देखिन थालछन् । टाउको दुखिरहनु पनि शरीरमा पानी कम हुनुको संकेत हो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments