काठमाडौं । नेपाली चलचित्रमा एक समयका चर्चित नायक धिरेन शाक्य पछिल्लो समय म्युजिक भिडियोमा छाउन थालेका छन् ।

लामो समयदेखि लण्डनमा बसोबास गर्ने शाक्यद्धारा अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

‘जता हेर्छु केवल तिमी…’ बोलको गितमा सोनी कार्कीको शब्द, प्रमोद प्रसाईं र सोनीको स्वर रहेको छ । गीतमा संगीत रिदम कँडेलको छ । लण्डनको मुटु लण्डन टावर ब्रीज, ग्रीनवीच जस्ता सुन्दर क्षेत्रमा छायांकन गरिएको भिडियोमा निर्देशन, छायांकन र सम्पादन सञ्चारकर्मी कुशल श्रेष्ठले गरेका हुन् । भिडियोमा कोरियोग्राफी प्रभु गुरुङको रहेको छ । भिडियोमा

धिरेन शाक्यलाई इनास ग्लोबलकी वरिष्ठ उपाध्यक्ष कमला दाहालले साथ दिएकी छिन् ।

Comments

comments