काठमाडाैँ । उपाधी दाबेदारका रूपमा हेरिएका विश्व चर्चित दुर्इ फुटवल टीम अर्जेन्टिना र पाेर्चुगल शनिबार नकअाउट चरणबाट बाहिरिएका छन् । लिअाेनल मेस्सीकाे कप्तानीमा रहेकाे साविक उपबिजेता अर्जेन्टिना फ्रान्ससँग ४-३ गाेल अन्तरले पराजित हुँदै यसपटककाे रसिया विश्वकप यात्रा टुङ्ग्याएर घर फर्किएकाे छ ।

त्यस्तै शनिबार मध्यराती भएको अर्को खेलमा क्रिष्टयानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल उरुग्वेसँग पराजित भयो । उरूग्वेसँग २-१ गाेलले हारेसँगै पाेर्चुगलकाे यात्रा पनि सकिएकाे छ ।

याे संस्करणकाे विश्वकप यात्राबाट बाहिरिएका अर्जेन्टिना र पाेर्चुगलले १ कराेड २० लाख अमेरिकी डलर पुरस्कार रकम लिएर घर फर्केका छन् । फिफाले याे पटक बढाएकाे पुरस्कारराशी अनुसार अन्तिम १६ बाट बाहिरिने ८ टाेलीले १ कराेड २० लाख अमेरिकी डलर पाउँछन् । यसअघि समूह चरणबाट बाहिरिएका टाेलीले ८० लाख डलर पुरस्कार पाएका छन् ।

फिफाकाअनुसार समूह अब क्वाटर फाइनलबाट ४ टोली सेमिफाइनलमा पुग्नेछन्, ४ बाहिरिनेछन्।  यो चरणबाट बाहिरने टोलीले प्रतिटोली १ करोड ६० लाख डलर पुरस्कार पाउनेछन् ।

यस्तै चौथो हुने टोलीले २ करोड २० लाख अमेरिकी डलर पाउनेछ । तेस्रो हुनेले २ करोड ४० लाख डलर पुरस्कार हात पार्ने छ । भने उपबिजेता टाेलीले २ करोड ८० लाख पुरस्कार पाउने छ । याे वर्षकाे विश्व च्याम्पियन हुने टोलीले ३ करोड ८० लाख अमेरिकी डलर सहित १८ क्यारेट सुनको ट्रफी प्राप्त गर्नेछ । फिफाले याे संस्करणबाट विश्वकप फुटवलकाे पुरस्कार राशी बढाएकाे हाे ।  फिफाले सन् २०१४ मा ब्राजिलमा भएको विश्वकप फुटबलमा भन्दा यसपटक समूह चरण बाहेक अन्य सबै तहकाे पुरस्कार राशी बढाएकाे हाे । गत संस्करणकाे बिजेता जर्मनीले ३ करोड ५० लाख डलर पुरस्कार पाएकाे थियाे । गतसंस्करणमा भन्दा यसपटक फिफाले ३० लाख अमेरिकी डलर बढाएकाे हाे । त्यस्तै प्रतियाेगितामा  दोस्रो हुनेको पुरस्कार रकम पनि ३० लाख डलर नै बढाइएको छ ।

रसिया विश्वकपको समग्र बजेट ७९ करोड १० लाख डलर रहेको छ । पुरस्कारमा मात्रै  ४० करोड अमेरिकी डलर तोकिएको छ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments