मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा नेपाली सांस्कृतिक प्रस्तुती र सामाजिक उद्देश्य सहितको पुस्तक विमोचन कार्यक्रम हुने भएको छ। आगामी जुलाई ६ शनिबारका दिन युवा मुक्तककार सुशील चालिसेको मुक्तक संग्रह विमोचन कार्यक्रम हुने भएको हो ।

अष्ट्रेलियामा रहेर पनि नेपाली साहित्यमा निरन्तर कलम चलाइरहेका चालिसेले पाठकहरु माझ मुक्तक संग्रह ‘ गुराँसहरु पलाँसहरु’ लिएर आएका छन् । उनी भक्तपुर कटुन्जेमा जन्मिएका हुन् । नाताले उनी वरिष्ठ साहित्यकार स्व. चक्रपाणी चालिसेका नाति हुन्, जसले नेपालको पुरानो राष्ट्रय गानका साथै साहित्यका अन्य धेरै विधामा कलम चलाएका थिए । त्यो प्रभाव सुशील चालिसेमा पनि देखियो, जसले गर्दा उनले विद्यार्थीकाल देखि नै साहित्यिक रचनाहरु कोर्न थालेका थिए ।

‘गुराँसहरु पलाँसहरु’ मा सामाजिक विषयवस्तु र आफ्ना भावनाहरु पस्किएको मुक्तककार चालिसे बताउँछन् । चालिसेले विमोचन कार्यक्रममा आफ्नो पुस्तकको बिक्रिबाट आउने रकमको ५० प्रतिशत, नेपाली बालबालिकाहरुका लागि सामाजिक कार्य संचालन गर्दै आएको NAV Baal Chautari West लाई सहयोग गर्ने समेत बताएका छन् । कार्यक्रममा आफ्नो रचना वाचन गर्न चाहने व्यक्तिले रचना वाचन गर्न समेत पाउनेछन् । त्यसको लागि जुलाई ४ सम्ममा आयोजकलाई सम्पर्क गरेर आफ्नो नाम दर्ता गराउन सकिनेछ ।

नेपाली सांस्कृतिक प्रस्तुती समेत रहने पुस्तक विमोचन कार्यक्रमलाई 7 EPIC Entertainment ले आयोजना गरेको हो भने Melbourne Nepalese Community (MNC ) West कार्यकर्मको संयोजन गरेको छ । त्यस्तै BMW Educational Consultancy Melbourne, New Concept Finance, Fly To Nepal, Everest Online Store र Royal Rhinos Cricket Club एबम Melbourne Tigers Football Club ले कार्यक्रमलाई प्रायोजन गरेका छन्।

कार्यक्रम आउँदो शनिबार जुलाई ७ तारिखका दिन बिहान ११ बजे 495 Lygon Street , Brunswick East VIC 3057 मा अवस्थित Cyprus Community Hall मा हुनेछ ।

Comments

comments