काठमाडौं । कलाकार किरण केसी यही असार १५ देखि ६१ वर्ष लागेका छन् ।

हरेक वर्ष जस्तै यस वर्ष पनि कलाकार केसीले आफ्नो जन्मदिनको अवसर पारेर दुईजनालाई सम्मानित गरेका छन् । सम्मानित हुनेमा वरिष्ठ कलाकार सन्तोष पन्त र पत्रकार विदुर गिरी रहेका छन् ।

आफनो जन्मदिनको अवसरमा आयोजित एक विशेष कार्यक्रमकाबीच कलाकार केसीले वरिष्ठ कलाकार पन्त र पत्रकार गिरिलाई जनही नगद दश हजार रुपैयाँ पुरस्कारसहित सम्मानित गरेका हुन् ।

सोही अवसरमा किरणले निर्माण गर्ने नयाँ चलचित्रको नाम पनि सार्वजनिक गरिएको छ । मह सञ्चारको प्रस्तुतिमा बन्ने नयाँ चलचित्रको नाम “दालभात” राखिएको छ । चलचित्रलाई किरणका छोरा सुदन केसीले पहिलो पटक निर्देशन गनेछन् ।

चलचित्र “दालभात” मा बरिष्ठ हाँष्य कलाकार मदनकृष्ण श्रेष्ठ,हरिवंश आचार्य,विल्सन बिक्रम राई , शिवहरि पौडेल लगायत स्वयम किरणकोे पनि अभिनय रहने पक्का भएको छ । तर नायक नायिका को रहने भन्ने भने फिक्स्ड हुन बाँकी नै रहेको निर्माता केसीले जानकारी गराए । विशुद्ध हाँस्य बिधामा आधारित चलचित्र दालभात आगामी मंसिरबाट शुटिङ फ्लोरमा जाने केसीले बताए ।

Comments

comments