काठमाडौं । फिफा विश्वकप फूटबल प्रतियोगिता शनिबारबाट नकआउट चरणमा प्रवेश गर्दैछ । बिहीवार समूह चरणका खेलहरू समाप्त भएकाले शनिबारबाट नकआउट चरणका खेलहरू हुन लागेका हुन् ।

पहिलो खेलमा शनिबार बेलुका पौने ८ बजे साविकको उपविजेता अर्जेन्टिना र फ्रान्स आमनेसामने हुँदैछन् । यस्तै दोस्रो खेलमा राति पौने १२ बजे उरुग्वे र पोर्चुगलबीच खेल हुनेछ ।

समूह चरणको खेलसकिएसँगै विश्वकपबाट १६ टीम बाहिरिएका छन् । बाँकी १६ मध्ये लगातार चार खेल जित्ने टीम च्याम्पियन बन्नेछ ।

समूह चरण पार गर्नेमध्ये ८-८ टीम दुईतर्फी पोलमा छन् । यी फरक-फरक पोलका टीमहरू फाइनलअगाडि भेट्न सम्भव हुनेछैन ।

नकआउट चरणको एकातर्फ ब्राजिल, अर्जेन्टिना, फ्रान्स, बेल्जियम, पोर्चुगल, उरुग्वे, मेक्सिको र जापान छन् । यी मध्ये एक टीम मात्र फाइनल पुग्नेछ ।

यस्तै अर्कोतर्फ स्पेन, रुस, क्रोएसिया, डेनमार्क, स्विडेन, स्विट्जरल्याण्ड, कोलम्बिया र इंग्ल्याण्ड छन् । यसमध्ये पनि एकमात्र टीम फाइनल पुग्नेछ ।

अधिकांश दाबेदारको भिडन्त फाइनलअगावै !

विश्वकपमा उपाधि दाबेदार मानिएका अधिकांश टीम एउटै पोलमा परेका छन् । समीकरण यस्तो बनेको छ कि यी मध्ये एकमात्र टीम फाइनल पुग्न सम्भव हुनेछ ।

फ्रान्स र अर्जेन्टिनामध्ये एक टीम शनिबारकै खेलबाट बाहिरिने छन् । बाँकी रहेको टीमको भिडन्त उरुग्वे र पोर्चुगलबीचको खेलको विजेतासँग हुनेछ ।

ब्राजिलले मेक्सिको र बेल्जियमले जापानलाई पराजित गरेमा यी दुई टीमको भिडन्त पनि क्वार्टरफाइनलमै हुनेछ । उपाधिका अन्य दुई प्रमुख दाबेदारमध्ये एकको यात्रा यहीँ टुंगिने छ । यो खेल जित्ने टीमको भेट सेमीफाइनलमा अर्जेन्टिना, फ्रान्स, पोर्चुगल र उरुग्वेमध्ये एक टीमसँग हुनेछ ।

सो खेलको विजेता फाइनल पुग्नेछ, बाँकी टीम घर फर्किनेछन् ।

अर्को तर्फको पोल भने केही सहज देखिएको छ । विश्वकप शुरु हुनुअघि उपाधि दाबेदार मानिएका मध्ये स्पेन मात्र यो पोलमा छ । समूह डीमा प्रभावशाली प्रदर्शन गरेको क्रोएसिया पनि यही पोलमा छ । यी दुई टीमले आ-आफ्नो खेल जितेमा क्वार्टरफाइनलमै भेट हुनेछ ।

यस्तै इंग्ल्याण्ड र कोलम्बिया तथा स्विट्जरल्याण्ड र स्विडेनबीचको विजेता क्वार्टर फाइनलमा भिड्नेछन् । यी मध्ये एक टीमको भिडन्त स्पेन वा क्रोएसियासँग हुने सम्भावना छ । यतातर्फबाट पनि एक टीम फाइनलमा पुग्नेछ ।

१५ जुलाइका दिने हुने फाइनल भिडन्तले नयाँ च्याम्पियनको निर्क्यौल गर्नेछ ।
समूह चरण पार गर्नेमध्ये ८-८ टीम दुईतर्फी पोलमा छन् । यी फरक-फरक पोलका टीमहरू फाइनलअगाडि भेट्न सम्भव हुनेछैन ।

नकआउट चरणको एकातर्फ ब्राजिल, अर्जेन्टिना, फ्रान्स, बेल्जियम, पोर्चुगल, उरुग्वे, मेक्सिको र जापान छन् । यी मध्ये एक टीम मात्र फाइनल पुग्नेछ ।

यस्तै अर्कोतर्फ स्पेन, रुस, क्रोएसिया, डेनमार्क, स्विडेन, स्विट्जरल्याण्ड, कोलम्बिया र इंग्ल्याण्ड छन् । यसमध्ये पनि एकमात्र टीम फाइनल पुग्नेछ ।

Comments

comments