काठमाडौं । नेपाली तथा भारतीय परिकारमा मिठाइहरुलाई महत्व दिइन्छ । मिठाइहरु मध्ये जेरी ( जलेबी ) धेरैले मन पराउने परिकार हो । जेरी खाँदा जति मिठो छ, बनाउनको लागि त्यति नै सजिलो छ ।

आवश्यक सामग्री :

चिनी, मैदा, बेकिंग पाउडर, बेसार वा फुड कलर, तेल, दही

विधी :

एउटा भाँडोमा पानी राख्नुहोस् र त्यसमा चिनी राखेर उमाल्नुहोस् । चिनी पानी बाक्लो हुनेगरि उमाल्नुहोस् ।

अब एउटा भाँडोमा मैदा, बेकिंग पाउडर, दही राख्नुहोस र त्यसमा पानी राखेर मुछ्नुहोस् ।

जेरीमा रंग आओस भन्नका लागि फुड कलर वा थोरै मात्र बेसर राख्नुहोस् ।

कराईमा तेल वा घ्यु बसाल्नुहोस् ।

अब तेलको खाली प्याकेटको बन्द भागतिर प्वाल पार्नुहोस् ।

त्यो कागजमा मुछेको पिठो भर्नुहोस् र सानो प्वाल तिर बाट जेरी बनाउन थाल्नुहोस् ।

जेरी पाकेपछि त्यसलाई चिनी पानीमा डुबाउनुहोस् ।

Comments

comments