काठमाडौं । नेपाली संगीत क्षेत्रमा कोमल वली लोकप्रिय गायिका हुन् । उनका पूराना देखि नयाँ गीतसम्म सबै चर्चित छन् । बहुमुखी व्यक्तित्वकी धनी उनी अहिले राजनीतिक क्षेत्रमा लागेकी छिन् ।

पत्रकार ऋषि धमलाले एक अन्तर्वार्तामा ‘ तपाईंलाई नेताले मन पराएर सांसद बनाएको हो र तपाईंलाई मन पराउने नेताहरु पनि छन् , नेतासंग किन विवाह गर्नुहुन्न ?’ भन्ने प्रश्न गरेपछि ओलीले धमलालाई नै हमला गरेकी छिन् । उनले भनेकी छिन् , ‘ म त्यहाँ राजनीति गर्न गएकी हूँ, विवाह गर्न गएकी होइन ‘। उनले आफ्नो कुरा प्रष्ट संग राख्नको लागि धमलालाई बिचमा नबोल्न आग्रह समेत गरेकी छिन् ।

अन्तर्वार्तामा बोल्दै कोमल वलीले आफूले यो तीजमा पशुपती शर्मा संग मिलेर गीत ल्याउने बताएकी छिन् । ‘माननीय ज्यू’ शिर्षकमा गीत आउने समेत उनले खुलाएकी छिन् ।

कार्यक्रममा वली संगै अर्की गायिका राधिका हमाल पनि अतिथि थिइन् । राधिका हमाल नेपाली कांग्रेसको तर्फबाट राजनीतिमा सक्रिय छिन्। पत्रकार धमलाले कलाकारले राजनीति गर्न हुन्न भन्ने भनाइ राख्दा, उनले त्यसको खण्डन गर्दै कलाकारिता र राजनीतिलाई एकै ठाउँ मिलाएर हेर्न नहुने र ती दुवै ठाउँमा आफ्नो भूमिका छुट्टा छुट्टै रहने बताएकी छिन्  ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments